खुल्ला किताब चुनाव चिन्ह पहिल्यै बुक ! नेपाल समूहलाई दिइए सर्वोच्च जाने चेतावनी (भिडियो)

काठमाडौं । माधव नेपाल समूहले प्रस्तावित नयाँ पार्टीका लागि रोजेको चुनाव चिन्ह ‘खुल्ला किताब’ पहिल्यै बुक भएको देखिएको छ । उन्नत लोकतान्त्रिक पार्टीले ‘खुल्ला किताब’ चुनाव चिन्ह आफूहरुले पाइसकेको भन्दै नेपाल समूहलाई नदिन चेतावनी दिएको छ ।

नेपाल समुहद्वारा प्रस्तावित एमाले समाजवादी पार्टीले खुल्ला किताब चुनाव चिन्ह रोजेको चर्चासँगै उन्नत पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेका थिए । पार्टीका केन्द्रिय सदस्य बोधराज न्यौपानेले आफूहरुको दर्ता हुँदाहुँदै किताब चुनाव चिन्ह अरुलाई दिइए आफूहरू सर्वोच्चमा जाने चेतावनी दिए ।

‘हाम्रो दल दर्ता भएर किताब चुनाव चिन्ह पाइसकेका छौं, प्रमाणपत्र आउने बेला भएको छ,’ उनले आयोगमा पत्रकारहरुसँग भने, ‘सामाजिक सञ्जालमा फुटेको नेकपा एमालेले किताब चिन्हमा दावी गरेको देखेपछि हामी ध्यानाकर्षण गराउन आएका हौं । यदि उहाँहरूलाई किताब चिन्ह दिइयो भने भोली नै सर्वोच्चको ढोका ढक्ढकाउन जान्छौं ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *