काठमाडौं। लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री एवम् नेकपा (एमाले) नेता शंकर पोखरेलले कम्युनिष्ट विरोधी शक्तिहरुले आफ्ना नेताहरुलाई ‘प्रोभोक’ गरेको दावी गरेका छन्।
शनिबार एमाले बाँके जिल्ला कमिटीको १७ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने : कम्युनिष्ट विरोधी शक्तिहरुले हाम्रा नेताहरुलाई प्रोभोक गरे। हाम्रा नेताहरुविरुद्ध प्रयोग गरे। र, अहिलेको परिस्थितिमा हामी छौं।’
पोखरेलले प्रतिनिधिसभा विघटन कारण नइ नेकपा विवादको परिणाम भएको बताए। भने, ‘कतिपयले नेकपा भित्रको विवाद प्रतिनिधिसभा विघटनका कारण भन्छन्। त्यो गलत हो। त्यसभन्दा पहिले नै नेकपामा विवाद शुरु भइसकेको थियो । प्रतिनिधिसभा विटघन कारण नभइ परिणाम हो।’
उनले एमाले सरकार बनेयताका तीन वर्षमा प्राविधिक शिक्षा र जलविद्युतको उत्पादन लगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको समेत दावी गरे।

Leave a Reply