ईश्वरप्रति माधवको कटाक्ष : ओलीका महासचिवले जानेहरु जाउन् भन्दैछन्

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता मावधकुमार नेपालले पार्टी विभाजन वा एकताको निर्णायक मोडमा पुगेको बताएका छन् । वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न शंखमुलस्थित ए-वान पार्टी प्यालेसमा शनिवार आयोजित कार्यक्रममा नेता नेपालले केपी ओलीको अत्याचार सहन आत्मसमर्पण नगर्ने बताए ।

नेता नेपालले ओलीले एकलौटी रुपमा पार्टीका गतिविधिहरु सन्चालन गरिरहेको र विधान अधिवेशन तथा अन्य प्रक्रिया रोक्न आफूहरुले गरेको आग्रह नमानेकाले एकताको सम्भावना कमजोर भएको बताए ।

नेपालले भने : ओलीकै केही मान्छेले मसँग विधान महाधिवेशन लगायतका गतिविधि रोक्छौं भने । तर केपी ओलीका महासचिवले आउनेहरु आउछन्, जानेहरु जान्छन् । पार्टी अगाडि बढ्छ भनेको सुन्नुभयो होला । हामी टाङमुनी छिर्ने हुँदैन ।

माधव नेपाल पक्षले रामप्रसाद रिमालको अध्यक्षतामा समानान्तर प्रदेश सम्पर्क कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्षमा नवराज पौडेल,सचिव खेलनाथ सिग्देल र उपसचिव राजेन्द्र थापा रहेको रामेछाप सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठले बताए ।

Comments

2 responses to “ईश्वरप्रति माधवको कटाक्ष : ओलीका महासचिवले जानेहरु जाउन् भन्दैछन्”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    जबजलाई कमजोर बनाउँदै घोर दक्षिणपन्थीको नेतृत्वमा सरकार बनाएर आफू सम्मानित भएको अनुभूति गर्नेहरू वास्तवमा वामपन्थी आन्दोलनका शत्रु नै हुन जसलाई समयमा चिन्न नसक्दा उनीहरू पार्टीको मुख्य नेता पनि बन्न पुगे। तिनले विश्वासमाथि घातमात्र गरेका छैनन् आन्दोलनलाई नै पछाडि पार्न खोज्दैछन्।

  2. Debendra Subedi Avatar

    ए माधव कुमार नेपाल,
    अलिकति त लाज पनि राखिदेउ के तिम्ले गति छोड्दा एमालेकाे १५ वर्षे जग हाँस्छ चिच्याँउछ कति राम राम भन्नु ? न भिरबाट फर्किन्छ न लडेर मर्छ राम राम मात्र जिब्राेलाइ दुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *