लन्डन । समान पेन्सनको माग गर्दै भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण अनशनप्रति बेलायतको प्रतिपक्षी दल लेबर पार्टीले समर्थन जनाएको छ ।
उक्त दलका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले गोर्खाहरुको आन्दोलनमा आफ्नो दलको समर्थन रहेको बताएका छन् ।
भूपु गोर्खा सैनिकलाई गरिएको असमान पेन्सनको व्यवस्थालाई तत्काल सच्याउन पनि उनले माग गरेका छन् । ‘दुईसय वर्षदेखि गोर्खा सैनिकले हाम्रो देशको सेवा गरिरहेका छन् । तर, सरकारले न्याय गरिरहेको छैन । यसलाई तत्काल सच्याउनुपर्छ’ उनले भनेका छन् ।
तीन पूर्व भूपु गोर्खा सैनिकले गत शनिबारदेखि आमरण अनसन सुरु गरेका थिए । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटअघि उनीहरु अनसन बसिरहेका छन् । उनीहरुको अवस्था थप नाजुक भएको र हिँड्न तथा बोल्न नसक्ने जनाइएको छ ।
नेपाली परराष्ट्र मन्त्रालयले यसबारे बेलायतलाई कूटनीतिक च्यानलबाट समस्या समाधानका लागि भनिएको तर, कुनै जवाफ नआएको बताएको छ । प्रवक्ता सेवा लम्सालले लन्डन नियोगमार्फत बेलायतालाई भनिएको र आफूहरु जवाफको प्रतीक्षामा रहेको बताइन् ।

Leave a Reply