माधव नेपाललाई भेट्न प्रचण्ड फेरि कोटेश्वरमा, सरकारमा सहभागी गराउने प्रयास

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड आज साँझ पुनः कोटेश्वर पुगेका छन् ।

एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेकै बेला छलफलका लागि प्रचण्ड माधव नेपालसँग छलफल गर्न गएका हुन् ।

प्रचण्ड र माधव नेपालबीच पछिल्ला केही सातायता दिन विराएर वा दिनहुँ वार्ता भइरहेका छन् । माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद विस्तार समेत प्रचण्डले रोकेर राखेका छन् ।

एमाले विभाजनका लागि कानूनी प्रक्रियामा समेत सघाउने आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दिइसकेका छन् ।

Comments

One response to “माधव नेपाललाई भेट्न प्रचण्ड फेरि कोटेश्वरमा, सरकारमा सहभागी गराउने प्रयास”

  1. चन्द्र प्रकाश केसि Avatar
    चन्द्र प्रकाश केसि

    yo Prachnada kati vetna janchha madhab nepal lai

Leave a Reply

Your email address will not be published. Required fields are marked *