माधवपक्षीय बैठक- ओलीलाई माफी मागेर पार्टी एकतामा आउन अल्टिमेटम दिइने

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा आज ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि केहीबेरलाई स्थगित भएको छ ।

बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।

उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए ।

ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने चौधरीले जानकारी दिए। तलैसम्म पार्टीका समानान्तर गतिविधिहरू चलाउने र सरकारमा पनि जाने उनले बताए ।

Comments

One response to “माधवपक्षीय बैठक- ओलीलाई माफी मागेर पार्टी एकतामा आउन अल्टिमेटम दिइने”

  1. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    एकदम वाहियात कुरा हो तिमि हरु माकुने गुट अब एमाले मा काम छैन एमाले जनता को पार्टी हो जनता ले नै बचाउंछन । माकुने गुट घोर अपराधिक गुट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *