एमाले स्थायी कमिटी बैठक बस्दै, फैसलापछि माधव नेपालसँग ओली झन् रुष्ट

काठमाडौं । नेकपा (एमाले)को हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले हिजो दिउँसो १ बजे निर्धारित बैठक स्थगित भएको थियो।

आजको बैठकको स्थान र समय भने निर्धारण भइनसकेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तमाङले नेपाल प्रेससँग भने, ‘पहिले स्थायी कमिटीको हुन्छ अनि केन्द्रीय कमिटीको बैठक राखिन्छ।’

फैसलापछि माधव नेपालसँग संवाद कठिन

सर्वोच्च अदालतको आदेशपछि पार्टी अध्यक्ष ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ट देखिएको छ। तामाङ फैसलापछि नेपालसँग संवादको समभवना नरहेको बताउँछन् ।

‘सर्वोच्चका फैसलापछि माधव कमरेडका गतिविधिले संवादकाे सकारात्मक वातावरण झन् विग्रिएकाे छ,’ उनले भने । विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनु परेपछि संस्थापन पक्ष नेपाल पक्षसँग रुष्ट छ।

सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।

Comments

2 responses to “एमाले स्थायी कमिटी बैठक बस्दै, फैसलापछि माधव नेपालसँग ओली झन् रुष्ट”

  1. Nagendra Avatar
    Nagendra

    माकुने (हरु) नामको २ खुट्टे जनावरमा १% मात्र पनि मानिस ( चेतन्शिल प्राणि) को गुण हुन्थ्यो भने ‘एमाले’ को नाम लिन पनि ओठ काम्ने थिए !! अन्तर्घाती, नकचरो र भडुवाको त के सरम नै हुन्न !!!

  2. Sharad Kshetri Avatar
    Sharad Kshetri

    नेकपा एमालेको नाममा जनताबाट निर्वाचित भएर कांग्रेसको पुच्छर वन्ने तिमिहरुलाइ अवको चुनावमा जनताले किन भोट दिएर जिताउनु वरु सिधै काङ्ग्रेलाइ जिताएदिए हुन्छ यस्ता नालायकहरुले जित्न भन्दा थुक्क कम्युनिष्ट नामा किराहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *