एमाले कार्यदलको बैठक सिंहदरबारमा, माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमा

काठमाडौं । नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । स्रोतका अनुसार नेपाल निवासमा २ बजेदेखि प्रचण्ड र नेपालबीच वार्ता जारी छ ।

प्रचण्ड आज जनकपुरबाट काठमाडौं आएर सीधै कोटेश्वर गएका हुन् । नेकपा एमालेमा दुई समूहको विवाद समाधानका लागि सकारात्मक दिशामा अघि बढेका बेला प्रचण्ड-नेपालको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड र नेपालबीच त्रिपक्षीय छलफल हुने गरेको थियो । आजको भेटघाटमा भने देउवा सहभागी रहेकोबारे सूचना छैन ।

Comments

One response to “एमाले कार्यदलको बैठक सिंहदरबारमा, माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमा”

  1. एमाले समर्थक Avatar
    एमाले समर्थक

    यो प्रचन्ड भडुवा फेरि एमाले मिल्न लगेको बेलामा माकुनेलाइ भेटेर भाजो हाल्न गएछ बिखण्डन वादी भस्मासुर डाका प्रचन्ड मुर्दाबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *