अमेरिकाको अध्यागमन जेलमा ७९ जना नेपाली

न्यूयोर्क । अमेरिकाको अध्यागमन जेलमा ७९ जना नेपालीहरु रहेको विवरण बाहिर आएको छ ।

अमेरिकाको अध्यागमन हेर्ने निकाय इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले सार्वजनिक गरेको पछिल्लो विवरणमा २६ हजार २२२ जना अध्यागमन जेलमा रहेको उल्लेख छ ।

जसमध्ये ७९ जना नेपाली रहेको आइसका प्रवक्ता डेनियल बेनेटले जनाएका छन् । उक्त तथ्यांक २४ जुन, २०२१ सम्मको तथ्यांक रहेको आइसले जनाएको छ ।

न्यूयोर्क, टेक्सस, क्यालिफोर्निया लगायतका राज्यस्थित इमिग्रेसन जेलमा बढी नेपालीहरु रहेका छन् । मेक्सिको सीमा क्षेत्र हुँदै गैरकानूनीरुपमा अमेरिका छिर्न खोजेका कागजपत्रविहिन नेपाली अध्यागमन जेलमा रहेका छन् ।

ती ७९ जना नेपालीमध्ये कतिपय एकवर्ष वा लामो समयदेखि जेलमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *