मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीशकै इजलासमा

काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाइएको मुद्दा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा तोकिएको छ ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरिसकेपछि पनि बारम्बार मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक रहेको भन्दै रिट परेको थियो ।

सर्वोच्चले आज दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

Comments

One response to “मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीशकै इजलासमा”

  1. Bhupendra Budha Avatar
    Bhupendra Budha

    यो पनि भोलिवादको चियोचर्चा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *