काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थोपचारका सिलसिलामा नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार हुने छ ।

श्रीमती, छोरा र एक चिकित्सकसहित खनाल दिल्ली गएका हुन् । केहीदिनदेखि अस्वस्थ भएका उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुन भएको थियो । तर, स्वास्थ्य बिग्रिदै गएपछि परिवारको निर्णयमा दिल्ली लगिएको छ । झलनाथ मिर्गौलाको समस्याबाट पीडित छन् ।




Leave a Reply