हामी एमाले नै हौँ तर नीति तथा कार्यक्रम पारित गराउँछौँ : मन्त्री थापा

सुर्खेत । संसदमा पुनर्वहाली भएका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापाले आफू सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले सर्वोच्च अदालतले दिएको आदेश अनुसार आफूहरू एमालेको दलको सदस्य भएको बताउँदै नीति तथा कार्यक्रम पारित गर्न आफूहरू तयार रहेको प्रतिक्रिया दिएका छन् ।

‘हामी एमाले नै हो । एमाले नै थियौं । हामीलाई केपी शर्मा ओलीले अवैधानिक रुपमा कारवाही गरेका हुन ।’ उनले भने, ‘अवैधानिक कारवाहीका विरुद्ध हामी सर्वोच्चमा गएका हौं ।’ तर, सरकारमा आफूहरू नै सहभागी भइरहेको समयमा आफैंले ल्याएको नीति तथा कार्यक्रम फेल नगराउने उनले बताए ।

‘हामी आफैंले बनाएको नीति तथा कार्यक्रम किन फेल बनाउने ?’ उनले भने, ‘नीति तथा कार्यक्रमको विरुद्धमा लागिँदैन । अहिलेलाई यति बुझ्नुस् । हिजो पनि हामीले फ्लोर क्रस गरेको होइन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *