
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेले झापाको पाँच मध्ये चार वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम जिल्लालाई सिफारिस गरेको छ ।
आज ४ वटा क्षेत्रीय समन्वय कमिटीका बैठकले आकाङ्क्षीहरूको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ । ती मध्ये क्षेत्र नम्बर ५ बाट सर्व सम्मत रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर १ बाटा भने सात जनाको नाम सफारीस भएको छ । झापा एमालेका अनुसार क्षेत्र नम्बर १ बाटा रामचन्द्र उप्रेती, असारु राजवंशी राजु कार्की, घनश्याम अधिकारीको नाम सिफारिस गरिएको छ । यस्तै सो क्षेत्रबाट लक्ष्मी राई कृष्ण कनाल र निरु परियारको पनि उमेद्वारको रूपमा नाम सिफारिस भएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर २ बाट १३ जना आँकाक्षी भएका छन् । ती नामलाई अझै फाइनल गर्न बाँकी रहेको र भोली पुन बैठक बसी ती मध्ये बाट जिल्ला कमिटीलाई नाम सिफारिस हुने झापा एमाले सचिव तुलसी कार्कीले बताए ।
सो क्षेत्रबाट देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छविलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रकाश ओली आकाङ्क्षी रहेका छन् । यस्तै पर्वत भण्डारी, रोजिना पाण्डे, जसमाया गजमेर, एकराज कार्की र पवित्रा पाठक समेत आकाङ्क्षी रहेका छन् । आकाङ्क्षी मध्येबाट अझै सर्टिंग गरेर जिल्लामा सिफारिस गर्ने तयारी क्षेत्रीय कमिटीको रहेको छ ।
त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट दीपक कार्कीसहित पाँच जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ दीपक कार्की, हरिबहादुर राजवंशी, वसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस भएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट भने एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।

Leave a Reply