दैलेख -२ मा उम्मेदवार छान्न एमाले कमिटीमा मतदान, विष्णु रिजालले पाए सर्वाधिक मत

दैलेख । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि दैलेखमा आकाङ्क्षीहरूको नाम टुङ्गाउन मतदान गरिएको छ ।

दैलेख २ मा उम्मेदवार छान्न गरिएको मतदानमा केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत पाए । एक उम्मेदवारको लागि चार जना आकाङ्क्षी देखिएका थिए । रिजालसहित राजबहादुर बुढा, राजबहादुर शाही र लक्ष्मीप्रसाद पोख्रेल आकाङ्क्षी थिए ।

सर्वसम्मतको प्रयासपछि उनीहरुबीच मतदान गरिएको थियो ।६७ मतसहित रिजाल उम्मेदवार सिफारिस हुँदा पोख्रेलले६६ शाहीले ६१ र बुढाले ५० मत पाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *