कपिलवस्तु १ मा एमाले क्षेत्रीय कमिटीबाट रोकिए पूर्वमन्त्री बलाराम,  विश्रामको नाम प्रस्ताव

रुपन्देही ।  नेकपा एमालेबाट कपिलवस्तु क्षेत्र नं १ मा यसअघि निर्वाचन जितेका बलाराम अधिकारीलाई रोकेर विश्राम चौधरीलाई अगाडि सारिएको छ ।

संविधान सभा सदस्य जितेका अधिकारी ०७९ मा तत्कालीन ५ दलीय गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रीय सचिव बलदेव खनाललाई पराजित गरेर चर्चामा आएका थिए । जेनजी आन्दोलनको समयमा भूमिसुधार मन्त्री रहेका उनलाई अहिले सो क्षेत्रमा नदोहोराउन क्षेत्रीय कमिटीका अधिकांश सदस्यहरूले अब अरूलाई पालो दिनुपर्ने सुझाएका थिए ।

विश्राम चौधरी यसअघि संविधान सभाको सदस्य भइसकेका हुन् भने अहिले एमालेको प्रदेश कमिटी सदस्य रहेका छन् ।

यो क्षेत्रबाट विश्राम चौधरीसँगै डम्बर शर्माको नाम पनि प्रस्ताव भएपनि डम्बर आफैले विश्रामको नाम प्रस्ताव गरेको एमाले नेता तथा सो क्षेत्रबाट प्रदेश सभा सदस्य रहेका विष्णु पन्थीले जानकारी दिए । ‘कमिटीमा विश्रामको नाम एकल नै पठाउने सूचना पाएको छु तर जिल्ला कमिटीमा पठाइसकेको नहुन सक्छ’ उनले भने ।

क्षेत्र नं २ र ३ मा भने कुनै टुङ्गो लागेको छैन । २ मा यसअघि एमाले प्रवेश गरेर निर्वाचन लडेका बृजेश गुप्ता अहिले सक्रिय छैनन् । केन्द्रीय कमिटी सदस्य भएपनि उनी महाधिवेशनमै गएनन् तर अहिलेसम्म पार्टी छाडेका छैनन् ।

एमालेले छिट्टै तीनै क्षेत्रका उम्मेदकारको टुङ्गो लगाउने एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल बताउँछन् । एमाले नेताहरूका अनुसार १ नं क्षेत्रमा नपाएपछि नेता बलराम अधिकारी ३ नम्बर क्षेत्रमा जान इच्छुक भएपनि त्यहाँ नेत्र अधिकारीसहितका नेताहरूले तयारी गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *