
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नफुट्ने प्रस्ट पारेका छन्।
वैशाख २८देखि ३१ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि पनि विशेष महाधिवेशनको अडान लिएका थापाले पार्टी फुटाउन नदिने बताए।
बैठकपछि कांग्रेस फुटेको घोषण गर्न मात्रै बाँकी हो ? भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘म कांग्रेसको केन्द्रीय कार्यालयमा उभिएर भन्दै छु, कांग्रेस फुट्दैन, फुटाउन दिइँदैन।’
उनले विधानको धारा १७ को २ प्रयोग गर्दा पार्टी फुट्छ भन्नेहरूले नै त्यसको जवाफ दिनुपर्ने बताए।

Leave a Reply