
कैलाली । कैलालीको धनगढीस्थित रङ्गशालामा बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल सुरु भएको छ ।
कैलाली जिल्ला फुटबल सङ्घको आयोजना सुरु भएको प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहका क्लबहरूको सहभागिता रहेको छ ।
पौष २६ गतेसम्म जारी रहने प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी र मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रतियोगिताका विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पनि नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उद्घाटनपछि आज भएको पहिलो खेलमा यूथ अफ टिकापुरले सुखद सुरुवात गरेको छ । टिकापुरले कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ति क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
यूथ अफ टिकापुरको जितमा कैलाश सुनार नायक बने । प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा कैलाश एक्लैले ४ गोल प्रहार गरे । कैलाश खेलको म्यान अफ दी म्याच पनि चुनिए ।
न्यू युवा सुन्दर शक्ति क्लबका लागि आदर्श चौधरीले २ गोल गरेपनि जितका लागि पर्याप्त भएन ।
प्रतियोगिताको दोस्रो खेलमा शनिवार भजनी युवा क्लब भजनीका विरुद्ध सङ्घर्ष युवा क्लब गोदावरी खेल्दै छ भने तेस्रो खेलमा भोली नै बर्दगोरिया स्पोटर्स एन्ड इभेण्टसका विरुद्ध फारवेष्ट पशुपति युवा क्लबले प्रतिस्पर्धा गर्दै छ ।

Leave a Reply