भाेजपुरका जिसस प्रमुख थुलुङले छाडे कांग्रेस, छिट्टै पदबाट पनि राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राई पार्टी छाडेका छन्। छिट्टै जिसस प्रमुखको पद पनि छाड्ने भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन्।

उनले कांग्रेसमा आफैंमात्र मालिक बन्नुपर्ने प्रवृत्तिले हावी भएको भन्दै नीतिगत र संरचनागत सुधारको छाँटकाँट नदेखिएको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘यदि यही पद्धति र प्रवृत्तिबाट अझै पनि गुज्रिरहने हुँदा यो देशको विकास र जनचाहनाको सम्बोधन यो पार्टीले गर्न नसक्ने मेरो बुझाई रहेको र अब उप्रान्त म आफू अध्यक्षात्म शासन व्यवस्था प्रणाली अन्तरगत प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति व्यवस्थाको पक्षमा रहेकोले आजका मितिबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति, क्रियाशील सदस्य र नेपाली कांग्रेस सदस्यबाट राजीनामा दिएको ब्यहोरा अनुरोध छ ।’

उनी २०७९ सालको निर्वाचनमा न माओवादीसहितको गठबन्धनबाट जिसस प्रमुख बनेका थिए। कांग्रेस त्याग्नुअघि नै थुलुङ शनिवार नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँसँग झापाको कार्यक्रममा सँगै देखिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *