
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट भागेका राजकुमार तिमल्सिनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
उनका अनुसार जेलबाट भागेपछि डार्क फाइल नेपाल अभियानका नाममा विभिन्न सामाजिक सन्जालबाट न्यायाधीशहरुलाई धम्क्याउने कार्य गर्दै आएका थिए । सीधा कुरा डटकमलाई झुठो तथा वनावटी समाचार सामग्री दिएपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

Leave a Reply