
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मकवानपुरको क्षेत्र नम्बर १ का लागि पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म सिफारिस भएका छन् ।
खतिवडा विगतमा पटकपटक सांसद भएका नेता हुन् भने गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन् । पुर्व सांसद खतिवडाको क्षेत्र नं २ मा पनि शिफारिस भएको छ ।
क्षेत्र नंम्बर १ वाट वहालवाला जनप्रतिनिधि सहित १३ जना र क्षेत्र नम्ब। २ मा वहालवाला जनप्रतिनिधि ८ जनाको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएको हो ।
मकवानपुर क्षेत्र नम्बर १ बाट शिफारिस हुनेमा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ् रहेका छन् ।
शिफारिस हुनेमा वहालवाला प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउंपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान समेत रहेका छन् ।
त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ मा विरोध खतिवडा , रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती, किशोर बर्तौलाको नाम शिफारिस भएको । त्यस्तै शिफारिस हुने अन्यमा वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिरांग गॅाउपालिकाका उपाध्यक्ष बनस्थम् थिङ् समेतको नाम भएको छ ।
यसैगरी समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान शिफारिस भएका छन् ।
समानुपातिकतर्फ बिभिन्न क्लस्टर अन्तर्गत शिफारिस हुने अन्यमा कृष्ण चेपाङ्, रामेशकुमार राई, रामचन्द्र बल, जीवन लामा, सन्तोषकुमार तामाङ् , बालकृष्ण चौलागाई, रामहरी सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरे रहेका छन् ।
साथै आसन्न राष्ट्रिय सभाको निर्वाचनको लागि तारानाथ खतिवडा, बिष्णुमाया लामा र दिलबहादुर स्यांग्बोको नाम सिफारिस भएको छ ।

Leave a Reply