समानुपातिक सांसदमा मनोनीत हुने अवसर एकजनालाई एकपटक मात्र दिन आग्रह

काठमाडौँ । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेद्वारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीहरुले २०४७ सालभन्दा यता एकपटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुन त्यो अवसर नदिन आग्रह गरेका हुन् । मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले त यस्ता व्यक्तिलाई समानुपातिकको अवशर दिनै नहुने तर्क अघि सारेका छन् ।

‘२०४७ साल पश्चात एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भइसकेका व्यक्तिलाई पुन दोहोर्याउने काम नगरौँ । कम्तीमा नेकपा एमालेले नगरोस्,’ पार्टीको संगठन विभागका पूर्वप्रमुखसमेत रहेका अधिकारीले लेखेका छन्, ‘जीवनमा एकजनालाई एक पटक मात्र मनोनीत हुने अवसर प्राप्त होस् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *