हुम्लामा आगलागीबाट ५ घर जले, दुईजना घाइते

अदानचुली (हुम्ला) । सर्केगाड गाउँपालिका-२ रिप गाउँमा आगलागीबाट दुईजना घाइते भएका छन् । आगलागीबाट ५ घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ।

गए राति लैबा फडेराको घरबाट आगलागी सुरू भएको हो । आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।

आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । स्थानीयको पहलमा आगो निभाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु श्रेष्ठका अनुसार क्षति विवरण संकलन भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *