
काठमाडौं । विजय केरूङ निर्देशित एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ को गीत ‘पाकेको चिउरी’ युट्युबमार्फत् सार्वजनिक गरिएको छ ।
क्रिसमसको अवसर पारेर सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइलीको नृत्य छ । लोकलयमा आधारित गीतले प्रेमकथा भनेको छ ।
एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको हो । ‘दिव्यासी फिल्मस्’ को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतको भूमिका छ ।
दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । चलचित्र आगामी माघ ९ गतेबाट रिलिज हुने बताइएको छ ।

Leave a Reply