संघीय सरकारले बेवास्ता गरेपछि रामप्रसाद राई गाउँपालिकाले फुसको छानोमुक्त बनाउन आफैँ छुट्यायो बजेट

भोजपुर । रामप्रसाद राई गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि एक करोड ५५ लाख पच्चिस हजार विनियोजन गरेको छ ।

पालिकाले केन्द्रीय सरकार अन्तर्गत सघन सहरी विकास कार्यक्रम मार्फत विनियोजन हुनुपर्ने बजेट हाल सम्म निकासा नभएपछि पालिका आफैंले स्रोत शुनिश्चित गरेको हो ।

पालिकाले सुरक्षित नागरिक आवाश व्यवस्थित ऐन २०८२ निर्माण गरेर श्रोत शुनिश्चितता गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणले जनाए ।

अध्यक्ष राईले भने “सङ्घीय सरकारले आफूले गरेको निर्णय आफैले कार्यान्वयन नगर्दा आज धेरै वटा स्थानीय सरकार आलोचित बन्नु परेको छ भने अर्कोतिर नागरिकले सास्ती व्यहोर्नु परेको छ । स्थानीय सरकारले नागरिकको समस्या मध्यनजर गर्दै पालिकाले नै स्रोत सुनिश्चित गरेका छौँ । पछि सङ्घीय सकारले बजेट निकास गरेको खण्डमा स्थानीय सरकारको आम्पानीमा जोड्ने छौ” ।

पालिकाले बिहीबार १८ औँ विशेष गाउँ सभाबाट उक्त बजेको श्रोत शुनिश्चितता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङ लाक्पा तामाङले बताए ।

फुसको छानो हटाउने कार्यक्रममा पालिकाका ८७१ घरधुरी छनौट भएका थिए । जसमध्ये ७४२ घरधुरीले सम्झौता गरेकोमा ६०१ घरधुरीले जस्ता पाता फेरे पनि ३०१ घरधुरीले मात्र हाल सम्म भुक्तानी लिएका छन् ।

३०० घरधुरीले भुक्तानी लिन बाँकी छ भने १४१ घरधुरीले बजेट अभावका कारण छाना फेर्न सकेका छैनन् । भुक्तानी लिन बाँकी रहेको ३०० घरधुरी मध्ये २०७ घर धुरीका भुक्तानीका लागि एक करोड ५५ लाख २५ हजार बजेट सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण) ले बताए ।

भोजपुर लगायत अन्य धेरै स्थानीय तहमा फुसको छानो हटाउने कार्यक्रमको सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट बजेट निकास हुन नसक्दा लाभग्राहीहरू मारमा परेका छन् । यसका साथै गाउँपालिकाले शून्य बेरुजु बनाउने समेत निर्णय गरेको छ ।

विभिन्न उपभोक्ता समितिहरूसँग २९ हजार बराबरको बेरुजु रकम समेत असुल उपर गरिने अध्यक्ष राईले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *