राप्रपा र राप्रपा नेपालबीच दुई वाक्यको सहमति, लिङदेन र थापाको अंकमाल

काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ । सहमतिपत्र केवल दुई वाक्यको छ ।

आज राप्रपाको कार्यालय धुम्वाराहीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’

सहमतिपत्रमा हस्ताक्षर गर्दै थापा र लिङदेनले एकअर्कालाई अंकमाल गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *