१५ जनाको हत्या आरोपी बोन्डी बिच आक्रमणका बन्दुकधारीलाई ५९ अपराधको मुद्दा

काठमाडौं । सिड्नीको प्रसिद्ध बोन्डी समुद्र तटमा यहूदी हनुक्का उत्सवमा गोली चलाउने एक व्यक्तिलाई हत्या र आतंकवादसहित ५९ वटा अपराधको आरोप लगाइएको प्रहरीले बुधबार जनाएको छ ।

आइतबार सिड्नीको प्रसिद्ध बोन्डी समुद्र तटमा आयोजित उत्सवमा बाबु-छोरा भनिएका अपराधीहरूले गोली चलाएका थिए । जसमा १५ जनाको मृत्यु भएको थियो । रोयटर्सका अनुसार यस आक्रमणले विश्व तरङ्गित बनाएको थियो भने बढ्दो यहूदी-विरोध र हिंसात्मक अतिवादको भयलाई बढाएको थियो ।

आक्रमणकारी नावीद अक्रमलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरी बलले बुधबार दिउँसो २४ वर्षीय अक्रम लाई ५९ वटा अपराधको आरोप लगाएको छ । जसमा १५ वटा हत्या र एक आतंककारी कार्य गरेको आरोप लगाइएको छ ।

अधिकारीहरूका अनुसार नाभिद र उनका बुबा साजिद अक्रमले आइतबार सिड्नीको प्रसिद्ध बोन्डी समुन्द्र तटमा भएको यहुदी उत्सवमा गोली चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । मङ्गलबार कोमाबाट उठेपछि बुधबार अक्रम प्रहरीको निगरनीमा अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

दोस्रो कथित बन्दुकधारी, अक्रमका ५० वर्षीय बुबा साजिदको रूपमा पहिचान गरिएको छ, जसको आक्रमण स्थलमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । हत्या र आतङ्कवाद अपराधका साथै, नावीद अकरमलाई गम्भीर शारीरिक क्षति पुगाउने उद्देश्यले बन्दुक चलाएको, सार्वजनिक रूपमा प्रतिबन्धित आतङ्कवादी प्रतीक प्रदर्शन गरेको र क्षति पुगाउने उद्देश्यले भवनमा विस्फोटक राखेको र हत्याको ४० वटा अभियोग लगाइएको थियो ।

अधिकारीहरूले आक्रमण इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित भएको र नावीद अक्रमको गाडीमा इस्लामिक स्टेटका दुईवटा झण्डा र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू फेला परेको पुष्टि गरे । आक्रमणपछि साजिद अकरमसहित १० देखि ८७ वर्ष उमेर समूहका १६ जनाको मृत्यु भएको पुष्टि भएको थियो । आक्रमणपछि चार बालकसहित ४१ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

बुधबारसम्म २० जना घाइतेहरू सिड्नी अस्पतालमा उपचाररत रहेका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *