एमाले महाधिवेशन- दुवै प्यानलमा परे यी ४७ केन्द्रीय सदस्यका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वको लागि केपी ओली ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा छन् ।

अहिले नयाँ नेतृत्वका लागि मतदान जारी छ । प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको भए पनि ४७ केन्द्रीय सदस्यका उम्मेदवारलाई दुवै पक्षले साझा बनाएका छन् ।

पदाधिकारी उम्मेदवार भएका बाहेक नै केन्द्रीय सदस्यमा ४७ उम्मेदवारलाई दुवै पक्षले समेटेका छन् त्यही अन्तिम लिस्ट बोकेर अहिले नेताहरू प्रतिनिधिलाई भोट भागिरहेका छन् ।

पोखरेल समूहरूले भने अध्यक्षमा प्रतिस्पर्धा गरेको केपी ओलीसमेत आफ्नो समूहको केन्द्रीय सदस्यको लिस्टमा अटाएको छ । यद्यपि, ओली पक्षले भने पोखरेलको नाम आफ्नो आफू पक्षको केन्द्रीय सदस्यको लिस्टमा समेत राखेको छैन ।

पोखरेल पक्षको उम्मेदवारको सूची हेर्दा पदाधिकारी जित्ने रणनीतिमा केन्द्रित भएको देखिएको छ । सदस्यसम्म प्यानल बनाउँदा पदाधिकारीमा कम मत आउने र आफ्नो प्यानल मत कम भएकाले भोट क्रस गराउने रणनीतिमा पोखरेल पक्ष केन्द्रित भएको छ ।

त्यसैले पदाधिकारीमा ओली प्यानलबाट असन्तुष्ट भएर आएका नेतालाई समेत समेटेको ईश्वर पक्षले केन्द्रीय सदस्यमा भने ओली पक्षमै रहेका अधिकांशलाई समेटेको छ। केही नयाँ र प्रभावशाली युवाहरूबाहेक अधिकांश सदस्य उम्मेदवार ओली पक्षमै रहेकाहरूलाई राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *