नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरु आतुर रहेको बताएकी छन् ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा सम्बोधनको क्रममा यस्तो बताएकी हुन् । उनले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताउँदै निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले सरकार सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको जानकारी दिँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् ।

उनले खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै आवश्यक हुने भन्दै सबैले हातोमालो गर्नुपर्ने बताइन् ।

उनले भनिन्,‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो। म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन। शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ। खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *