अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको जनाएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले पौष १ देखि ७ गतेसम्म श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रित गर्दै अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले दिवसका अवसरमा पुष ३ गते बिहीबार मूल समारोहका साथै रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगीता लगाएतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर दिवस मनाउन व्यवस्थापन समिति गठन गरिएको उनले बताए ।

त्यस्तै उनले सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएपछि पुष ८ गतेदेखि लागूहुने गरि श्रमिकको ठगि रोक्ने र सुरक्षालाई ध्यान दिदै विशेष हेल्प सेन्टर सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।

सरकारले यसवर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको राष्ट्रिय नारा श्रम आप्रवासनका चक्रमा सुशासन : सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन तय गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *