आफूलाई जेनजीको नेता भन्ने सुधन गुरुङलाई खुश्बुको प्रश्न- तपाई कुन आत्मकेन्द्रित समूहको हो ?

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा युवा नेता खुश्बु ओलीले जेनजी आन्दोलनको नेता भनेर आफूलाई स्थापित गर्न खोजिरहेका सुधन गुरुङको नियतमाथि प्रश्न उठाएकी छन् ।

गुरुङलाई खुलपत्र लेख्दै ओलीले सबै जनेजीको नेता आफू भनेर दाबी गर्नुको आधार माग्दै उनीभन्दा फरक विचार राख्नै लाखौँ जेनजीहरु अहिले पनि आन्दोलनकै मैदानमा रहेकी बताएकी छन् ।

ओलीको पत्रमा भनिएको छ- तपाईँ एउटा जेनजी मोर्चाको प्रतिनिधित्व गर्नु होला, तर त्यस्तै अरू ९९९ अन्य जेनजी ध्रुवहरू पनि छन् जो आ आफ्नो आवाज, पीडा र आकांक्षासहित उभिएका छन् । तपाईँले हामी जेनजीको को लिडर हो भनेर अन्तर्वार्तामा पटक पटक भन्नु भएको छ। तपाईँको आत्म केन्द्रित हामी कुन समूह हो ? यस्ता भनाइप्रति हजारौँ हैन, लाखौँ अरू जेनजीहरुले रुचाउनु भएको अवस्था छैन, सुदन भाइ। लाखौँ अरू जेनजीहरु तपाईँका विचारप्रति पूर्ण रूपमा असहमति राख्दछन् भनेर बुझ्नु जरुरी छ। फरक मत वा विचार भएकाहरूलाई पनि सँगै जोड्न के भाइले सोचे जस्तै सजिलो छ त ? एकपल्ट विचार मनन गर्नुहोस्।

ओलीले सुधन गुरुङमा राजनीतिबारे कमजोर बुझाइ रहेको संकेत गर्दै विस्तारित परिपक्व बन्न आग्रह समेत गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *