
काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई परिसंघले सम्मान गरेको हो ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरूलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवस २०८२ को अवसरमा वस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, विशेष उद्योगहरू मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसाय मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योग मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने भोटेकोशी पावर कम्पनीलाई परिसंघले सम्मान गरेको छ ।
त्यस्तै कृषि एवम् पशुपक्षीजन्य उद्योगहरू मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने भेरिस्क नेपाल प्रालि, एकलौटी फर्महरू मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेशनल, बैंक वित्तीय संस्था र बिमाको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थाहरू मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका छन् ।
त्यसैगरि, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने आईएमई लिमिटेड, निकायहरू मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार रकम ५० करोडभन्दा बढी एक सय करोडसम्म कारोबार गर्ने कारदाताहरू मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सिडिएस एण्ड क्लियरिङ, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने भिएफ सर्भिसेज (मोरिसस) प्रालि, २०७६ श्रावण देखि २०८२ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदाता मध्ये सबै भन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदाता मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको छ ।

Leave a Reply