एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र शुरू हुन्छ

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनको कार्यतालिका अनुसार दिउँसो २ बजेबाट मतदानको तयारीमा केन्द्रीय निर्वाचन आयोग जुटेको छ । ढिलोमा २ बजेबाट मतदान शुरु गराउनका लागि आयोगले काम गरिरहेको जनाएको छ ।

विद्युतीय मतदानका लागि राति १२ बजे उम्मेदवारको अन्तिम नामावली हस्तान्तरण गरेको आयोगका सदस्य कुन्साङ लामाले बताए ।

सबै नामावली सेट गर्न १२ घण्टाको समय माग गरेका कारण ढिलोमा २ बजेभित्र मतदान शुरू गर्ने लामा बताउँछन् । बुधबार भृकुटीमण्डपको परिसर अर्कै कार्यक्रमका लागि बुक भइसकेका कारण आज राति नै यो स्थल छोड्नुपर्ने बाध्यता छ । त्यसैले मतदान आरम्भ २ बजेभन्दा ढिलो नहुने लामाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *