एमालेमा नेतृत्वका लागि रस्साकस्सी, आयो उम्मेदवारको अन्तिम नामावली

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

१ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ ।

३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ । ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारको नामावली

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *