
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अघि सारिएको विधान संशोधन प्रस्तावमा ईश्वर पोखरेल समूहले असहमति जनाएको छ ।
बैठकको सुरूमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने, आवश्यक परे अझ थपेर जान प्रस्ताव गरेका थिए ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने संशोधन गर्नैपर्ने भए नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा पनि ब्यूँताएर जानुपर्ने अडान राखेका छन् ।
अहिले नेताहरूले आफ्नो धारणा राखेका छन् ।

Leave a Reply