
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहान ९ बजे आह्वान भए पनि शुरु हुनसकेको छैन । बिहानै बन्द शत्रका लागि भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधिहरु नेताहरुले बाँडेका विभिन्न सामग्री लिएर बसिरहेका छन् । महाधिवेशनस्थलमा आएका नेताहरुसँग भेटघाटमा सरिक भएका छन् । खाजा खाएर छलफल र फोटोसेसनमा प्रतिनिहिरुको समय बितिरहेको छ ।
विधान संशोधनको प्रस्ताव लैजाने गरी केन्द्रीय समितिको बैठक आह्वान भएपछि बन्द शत्र पछाडि धकेलिएको हो भने नेताहरुको आन्तरिक छलफल लम्बिँदा बैठक शुरु भएको छैन । नेताहरु आआफ्नै ढंगले अनौपचारिक र आन्तरिक छलफलमा छन् ।
महाधिवेशनस्थलमा वरिष्ठ नेता ईश्वर पोखरेललगायतका नेताहरु आइपुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली आइपुगेका छैनन् ।





Leave a Reply