
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक विषम परिस्थितिमा रहेको बताएका छन्। ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजा, राजनीतिक दल र जेनजी पुस्ताबिच नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने बताए।
उनले भने, हामीले अहिले संविधान संविधान भनिरहेका छौँ। आआफ्नो मान्यता छ। कसैले यो संविधानबिना देशै चल्दैन भन्छौँ होला। कसैले यो संविधान अपूर्ण छ। हामीले भन्दै थियौँ, यो गीता, बाइबल, पुराण होइन, फेर्नुपर्छ भन्दै आइरहेका थियौँ।
उनले अहिले संविधान नै नरहेको जिकिर गरे। उनले भने, ‘संविधान मरिसकेको छ, यसलाई जबरजस्त ब्युँताएर देशलाई फेरि थप दुर्घटनामा लैजाने भन्दा पनि नयाँ सम्झौता गर्नुपर्छ।’

Leave a Reply