जेनजी आन्दोलनमा पार्टी छाडेका एमाले रुपन्देहीका पूर्व सचिव कार्की रास्वपा प्रवेश

रुपन्देही । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते नेकपा एमाले रुपन्देहीका सचिवबाट राजीनामा दिएका चित्रबहादुर केसी रास्वपा प्रवेश गरेका छन् ।

लामो समय एमालेको राजनीति गरेका उनी सैनामैना नगरपालिकामा एमालेबाट ०७४ मा निर्वाचित भएका थिए भने ०७९ सालमा पुनः टिकट पाएर पराजित भएका थिए ।

कार्की एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री रहँदा र सांसद रहँदा लामो समय स्वकीय सचिव रहेर काम गरेका थिए ।भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेको भन्दै २३ गते नै उनले असन्तुष्टि जनाएका थिए । सोही दिन एमाले परित्यागको घोषणा गरेका उनी धेरै नेताहरुले सुझाउँदा पनि नफर्की बसेर अहिले रास्वपा प्रवेश गरेका हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै नेता केसीले एमालेमा नरहने ४ महिना पहिलेकै निर्णय भएको र रास्वपा प्रवेशका विषयमा छलफल मात्रै भइरहेको जनाए । ‘औपचारिक टुंगेको छैन जहाँसम्म त्यतै हुन्छहोला। एमाले छाडेको त ४ महिना भइसक्यो’ उनले भने । रास्वपा नेताहरुले केन्द्री कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरुसँग संवाद भएर टैगो लागेको जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *