एमाले महाधिवेशनस्थलको गेट ९:३० बजेपछि खुल्ने, नेता कार्यकर्ताको आगमन शुरु

भक्तपुर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थलमा पार्टीका नेता तथा कार्यकर्ता पुग्ने क्रम शुरु भएको छ ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको मञ्च, सभास्थलमा नेता कार्यकर्ता पुगे पनि प्रहरीले उनीहरुलाई भित्र जान दिएको छैन । ९ः३० बजेपछि मात्रै महाधिवेशनस्थलको गेट खुल्ने भएको छ ।

नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले मञ्च निर्माणका सबै काम पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले १२ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै औपचारिक रूपमा महाधिवेशनको शुभारम्भ गर्ने तालिका छ ।

महाधिवेशनस्थल सल्लाघारी क्षेत्रमा बिहानैदेखि देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिको आवागमन बढेको छ । प्रतिनिधि कार्यक्रमस्थल अवलोकन गर्ने, फोटो खिच्ने र दर्ता प्रक्रियामा सहभागी भइरहेका छन् ।

त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *