चिनियाँका लागि दिइने व्यावसायिक भिसामा भारत लचिलो

काठमाडौं । चिनियाँ व्यवसायीका लागि व्यावसायिक भिसाको प्रक्रियाहरू भारतले सरल बनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भारतले चिनियाँ व्यावसायीका लागि भिसा प्रदानमा हुने ढिलाइलाई कटौती गरेको छ ।

अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ- एसियाली दिग्गजहरू बीचको सम्बन्धलाई सुदृढ पार्न र प्राविधिकहरूको अभावका कारण अर्बौं डलरको उत्पादन खर्च हुने दीर्घकालीन ढिलाइ अन्त्यका लागि यो एक प्रमुख कदम हो ।

यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भारतको कदमलाई सकारात्मक भनेका छन् ।

‘कर्मचारी आदानप्रदानको सहजीकरणलाई प्रवर्द्धन गर्नु सबै पक्षहरूको साझा हितमा छ, र चीन दुई देशहरू बीचको आदानप्रदानको सहजीकरण स्तरलाई निरन्तर बढाउन भारतसँग सञ्चार र परामर्श कायम राख्न इच्छुक छ ।’ गुओको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ ।

यसअघि शुक्रबार दुई अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले चिनियाँ व्यवसायीका लागि व्यावसायिक भिसा दिने प्रकृयालाई भारतले सरल बनाएको समाचार प्रकाशित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *