
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध अख्तियार विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।
भिजिट भिसाको नाममा गैरकानुनी ‘सेटिङ’ मिलाएर यात्रु प्रस्थान गर्दा पेश गर्नुपर्ने कागजात अभिलेख गर्नुपर्नेमा नगरी/नगराई दु:ख हैरानी दिई यात्रुहरूबाट घुस/रिसवत लिने साथै उपहार लिने, मोबाइल लगायतका सामान खरिद गराउने गरेको भन्दै अख्तियारले भट्टराईसहित तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल , ग्रिनलाइन होलिडेज प्रा.लि. का अध्यक्ष बालकृष्ण खड्का, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन होलिडेजका सञ्चालक/कर्मचारी राम खड्काविरुद्ध मुद्दा दायर गरिएको हो । भट्टराईकी गाउँले बहिनी कविता पौडैल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई मतियारको रूपमा प्रतिवादी बनाइएको छ ।
भट्टराईसँग ७९ लाख ८० हजार बिगो दाबी गरिएको छ । त्यस्तै सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रूपैयाँ मागदाबी गरिएको छ । कविता र खेमप्रसादलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा लाइएको छ ।

Leave a Reply