
काठमाडौं । जेन-जी विद्रोहको जगमा निर्माण भएको सरकारले ३ महिना १ दिन पूरा गरेको छ ।
तीन महिनाको अन्तरालपछि सरकारले जेन-जी प्रतिनिधिसँग औपचारिक सम्झौता गर्ने भएको छ । सरकारले जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेन-जी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा आज बुधबार हस्ताक्षर कार्यक्रम तय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित सगरमाथा हलमा जेन-जी प्रतिनिधिसँग सरकारको औपचारिक सम्झौता हुने छ ।
जेन-जी मुभमेन्ट अलायन्स, सुधन गुरुङ समूहको द काउन्सिल अफ जेन-जी र रक्षा बम नेतृत्वको जेन-जी फ्रन्टसँग सरकारले सम्झौता गर्न लागेको हो ।
जेन-जी आन्दोलनको वैधानिकता स्वीकार्दै, मानवअधिकार उल्लंघन साथै हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र छानबिन, सुशासन, राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूमा दलिय भागबन्डामा नियुक्तिको अन्त्य, भ्रष्टाचारको छानबिनका लागि उच्च स्तरीय आयोग, सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनीतको आयश्रोत र सम्पत्तिमाथि छानबिन, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त निर्वाचनको सुनिश्चितता लगायतका बुँदामा सम्झौता हुने बताइएको छ ।

Leave a Reply