
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपनि प्यानलबारे छलफलमा रहेको बताएका छन्।
पत्रकारहरूसँग अन्तरक्रियामा बोल्दै पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताए।
उनले भने, ‘प्रतिस्पर्धामा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ। जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीर्कानसक्नुपर्छ। भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन। हामी प्रतिस्पर्धा गर्छौँ, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौ।’
उनले वाम एकताको पक्षमा आफूहरू रहेको भन्दै पार्टी छाडेर जाने कुरा आफूहरूले नसोचेको बताए।

Leave a Reply