‘झोंकमा उम्मेदवारी दिन खोजेको हैन, पार्टी बैठकमै जानकारी गराएका छौँ’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय पार्टी नेतृत्वको कार्यसम्पादन गर्ने शैली त्रृटीपूर्ण हुँदै गइरहेको औँल्याएका छन्।

पत्रकारहरूसँग अन्तरक्रियामा बोल्दै राष्ट्रिय महाधिवेशन विचार र नेतृत्वबारे फैसला गर्ने थलोको रूपमा लिनुपर्ने बताए।

उनले भने, ‘महाधिवेशनमा प्यानल बनाउने नबनाउने भन्ने कुरा कुरा होइन, उम्मेदवारी दिने कुनै झोँकमा गरेको पनि होइन। हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएका हो। हाम्रो कुनै अस्वाभाविक ढङ्गले प्रस्तुत भएको होइन, अवधारणाबारे अध्यक्षसँग औपचारिक कुरा गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको हो।’

उनले पार्टीमा सामूहिक नेतृत्व प्रणालीलाई थप सुदृढ गर्न आवश्यक रहेको बताए।  उनले भने, ‘पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ, सामूहिक नेतृत्वबाट अगाडि बढेन भने पार्टी चल्दैन। यो खतराबाट पार्टीलाई बचाउनुपर्छ भनेर लागेका हौँ। सामूहिक नेतृत्व प्रणाली कमजोर बन्यो भने पार्टी रहँदैन।’

उनले आफूहरूले पार्टी जीवनको लोकतन्त्रको कुरा उठाएको जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *