
रुपन्देही । नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेश सांसद रहेका अब्दुल रज्जाक प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
पार्टी केन्द्रले केन्द्रको परिपत्र विपरीत उनको नाम उम्मेदारको पहिलो नम्बरमा सिफारिस भएको छ । मंगलबार बसेको क्षेत्रीय समितिले प्रत्यक्षतर्फ रज्जाकसहित, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरेको हो । कांग्रेसले स्पष्ट रुपमा बहाल रहेका कुनैपनि व्यक्तिको नाम नराख्न निर्देशन गरेको थियो ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति हिरा खत्रीले केन्द्रको परिपत्रले रोके पनि रज्जाक आफैँ बैठकमा बसेर राख्नका लागि आग्रह गरेपछि सिफारिस गरिएको नेपाल प्रेसलाई जनाए ।
‘उहाँ आफै महासमिति सदस्य हो, बैठकमा बस्नुभएको थियो, परिपत्रले रोकेपनि पठाउनुपर्छ भन्नुभएकाले पठाएका हौं, नमिले केन्द्रले आफैँ निर्णय गर्नेछ’ उनले भने । रज्जाक रुपन्देही कांग्रेसका पूर्वसभापति तथा प्रतिनिधि सभाका सदस्य हुन् ।

Leave a Reply