जेनजी महोत्सवमा प्रचण्ड- उद्घाटन सत्र खचाखच हुनुपर्थ्यो, यस्तो खल्लो देखिनेगरी नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी महोत्सव सभामा बाक्लो सहभागी नभएपछि आफूलाई नमिठो लागेको बताएका छन्।

अखिल क्रान्तिकारीले गरेको जेनजी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राम्रो तयारी गरेर मात्रै कार्यक्रम गर्न निर्देशन दिए।

उनले भने, ‘यो उद्घाटन सत्र खचाखच भरिनुपर्थ्यो। तर अलि खल्लोजस्तो देखियो। आउने दिनमा राम्रो तयारी गरेर मात्रै गर्नको लागि निर्देशन दिन्छु, बरु दुईचार दिन ढिला भएर केही बिग्रिँदैन।’

उनले राम्रो तयारीका साथ पार्टी एकता सन्देश सभा गर्दा राम्रो भएको भन्दै विश्वले हेरेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *