केन्द्रीय समिति बैठकमा लिङ्देनले भने- जिल्ला अधिवेशन समयमै गर्न नसक्दा महाधिवेशन गर्न सकेनौँ

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन समयमै गर्न नसकेको बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै जिल्ला अधिवेशन समयमै गर्न नसक्दा समयमै आठौँ महाधिवेशन गर्न नसकेको बताए।

उनले भने, ‘हामीले विविध कारणले समयमा महाधिवेशन गर्न सकेनौँ। हामीले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी समय थप गरेका छौँ।’

उनले जेनजी विद्रोह अकल्पनीय लागे पनि राप्रपाले विगत चार वर्षदेखि संसद् र सडकबाट उठाउँदै आएको परिस्थिति देशले सामना गर्नुपरेको बताए।

उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र जे भनेर यो ३५/३६ वर्ष कांग्रेस र कम्युनिस्टहरूले देश चलाए, त्यसबाट आम जनता खुसी छैनन्। राजनीतिक दल र जनताबिचको विश्वास टुटेको छ। दलप्रति जनताको धारणा राम्रो छैन।’

उनले सबै अट्ने नयाँ सम्झौता गरेर अघि बढ्नुको विकल्प नभएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *