पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

रुपन्देही । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ ।

सोमबार र मंगलबार बसेको क्षेत्रीय कार्य समितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए । यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए ।

खाण भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका हुन् । अहिले पनि उनको मुद्दा अदालतमै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *