समानुपातिक निर्वाचनमा भाग लिन ६७ दल दर्ता, एमाले र नेकपाले पनि दिए निवेदन

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ६७ दलले निवेदन दर्ता गराएका छन् । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि आइतबारदेखि निवेदन खुला गरिएकोमा पहिलो दिन ३३ दलले निवेदन दर्ता गराएकोमा दोस्रो दिन ३४ दलले निवेदन दर्ता गराएको आयोगले जनाएको हो ।

दर्ता सूची अनुसार दोस्रो दिन नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दलले निवेदन दर्ता गराएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पहिलो दिन आइतबार नेपाली काँग्रेस लगायतका ३३ दलले निवेदन दर्ता गराइसकेका छन् ।

दर्ता हुनेमा पहिलो नम्बरमा देश विकास पार्टी रहेको छ भने अन्तिम नम्बरमा संघीय नेपाल पार्टी रहेको छ ।
निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि यहिँ मंसिर २१ देखि २३ गतेसम्म ३ दिनको समयसिमा दिइएको छ ।

निर्वाचन आयोगमा दल दर्ताको संख्या १४३ रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा एकल तथा संयुक्त रुपमा निर्वाचनमा भाग लिनका लागि १२० वटा निवेदन परेको भए पनि ११४ दलको निवेदन कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *