
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले हेटौँडामा घर भत्काइको घटनाप्रति आपत्ति जनाएको छ।
पार्टीका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले प्रेस विज्ञप्तिमा जारी गर्दै सर्वोच्च अदालतले ‘तत्काल नभत्काउन’ जारी गरेको आदेशको उलङ्घन गर्दै गैरन्यायिक रूपमा घरहरू भत्काइएको भन्दै आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यले कुनै विकल्प नदिई, निजी लालपुर्जाधारी नागरिकको घरजग्गा बिना मुआब्जा र क्षतिपूर्ति भत्काउनु संविधान, ऐन तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय अभिसन्धी विशेष गरी आइएलओ १६९ र अन्य मानवीय प्रावधान विपरीत छ।’
घर भत्काउने क्रममा प्रहरी तैनाथ, टास्क फोर्स गठन र सैनिक ‘वार साइकलोजी’ अपनाइएको आरोप लगाउँदै पार्टीले यस्तो गतिविधि कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिएको छ।
पीडित तथा विस्थापितहरूसँग छलफल र सहमतिबिना कुनै पनि प्रकारको सडक विस्तार नगर्न सरकारसँग माग गरेको छ।

Leave a Reply