
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा काठमान्डु गोर्खाजका तर्फबाट मैदानमा उत्रिएका ओपनर बेन चार्ल्सवर्थले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुका तर्फबाट बेनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५१ रन पूरा गरेका हुन् ।
१५.२ ओभरमा बेनले अर्धशतक पूरा गरे । यसअघि बेनले जनकपुरविरुद्ध ४६ रन जोडेका थिए ।

Leave a Reply